
काठमाडौँ, २८ साउन ।
भारतमा पछिल्लो २४ घण्टामा ४१ हजार १ सय ९५ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको सञ्चार माध्यमले जनाइएको छ । गय राति भारतमा ३८ हजार ३ सय ५३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको जनाइएको छ । गत मंगलवारमा भने १ सय ४७ दिनपछि सबैभन्दा कम २८ हजार २०४ जनामा संक्रमण देखिएको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै, संक्रमणका कारण थप ४ सय ९० जनाको मृत्यु भएको हो । यो सँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख २९ हजार ६ सय ६९ पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाइएको छ । पछिल्लो २४ घण्टामा ३९ हजार ६९ जना संक्रमण मुक्त भएको पनि बताइएको छ । यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ८७ हजार ९ सय ८७ पुगेको जनाइएको छ ।