
काठमाडौं, २८ साउन ।
बागमती प्रदेश युवा परिषद्को कार्यालयको आज उद्घाटन गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा हेटौंडा ४ मित्रनगरमा बागमती प्रदेश युवा परिषद्को कार्यालयको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उदघाटन गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश युवा परिषद्ले युवाको हितका काम गर्ने र युवाको चौतर्फी विकास गर्ने खालका कार्यक्रम ल्याउन पनि सुझाव दिनुभएको छ युवाहरूको काँधमा ठूलो जिम्मेवारी आएको बताउँदै अबको आन्दोलन राजनीतिक मात्र नभएर आर्थिक आन्दोलनमा युवाहरू लाग्नुपर्ने बताउनुभयो ।एजेन्सि ।