
काठमाडौं, २८ साउन ।
राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले सरकारले तत्काल लिम्पयाधुरा, लिपुलेक, कालापानीको नेपाली भूमी फिर्ता ल्याउन पहल गर्न आग्रह गर्नुभएको छ । आज राष्ट्रिय सभाको शून्य समयमा बोल्दै उहाँले यस्तो बताउनुभयो । विगतको सरकारले लिम्पयाधुरा, लिपुलेक, कालापानीको नेपाली भूमीबारे कुटनीतिक पहल नगरेकोले भूमि फिर्ता हुन नसकेको भन्दै यो सरकारले भूभि फिर्ता गर्नुपर्ने बताउनुभयो । एजेन्सि ।