
काठमाडौँ, २९ साउन ।
काठमाण्डौ उपत्यका भित्रका वाग्मती र यसका सहायक नदी किनारामा बेवारिसे अवस्थामा राखिएका पुराना गाडी तथा निर्माण सामग्री तत्काल हटाउन अनुरोध गरेको छ । यदि नहाटाए लिलामी हुने जनाइएको छ । सहरी विकास मन्त्रालय अन्तरगतको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले आज सूचना निकालेर अबको १५ दिन भित्र नदी किनारामा राखिएका पुराना गाडी र निर्माण सामग्री हटाउन अनुरोध गरेको छ । नदीको दायाँ बायाँ किनारामा सौन्दर्यीकरण र अन्य निर्माणका काममा बाधा पुगेकाले तत्काल यस्ता सामग्री हटाउन समितिले आग्रह गरेको हो । एजेन्सि ।