
काठमाडौँ, २९ साउन ।
नेपाली कांग्रेसका नेता एनपी सावदले पार्टीको चौधौं महाधिवेशन आगामी मंसिरमा हुने बताउनुभएको छ । नेता सावदले अब पूर्व कार्यतालिका अनुसार भदौ १६ बाट महाधिवेशन हुन सक्ने अवस्था नरहेको पनि जानकारी दिनुभयो । उहाँले क्रियाशील सदस्यता विवाद लगभग टुंगिएको छ । तर पूर्वकार्यतालिका अब महाधविशेन गर्न सम्भव नभएको बताउनुभयो । कोभिड महामारीविरुद्धको खोप डेढ करोड लगाएको तथ्यांक आएको छ । दसैंतिहार सकिएपछि मंसिरमा महाधिवेशन गर्न सकिने मोटामोटी आकलन रहेको बताउनुभयो । एजेन्सि ।