हामीसँग जोडिनुहोस

युवालाई स्वदेशमै रोजगारी र अवसरको सिर्जना हुनुपर्ने राष्ट्रपति भण्डारीको भनाई

1 मिनेट

काठमाडौँ, २९ साउन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो विकासका लक्ष्य हाँसिल गर्नका लागि स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा राष्ट्रिय युवा परिषद्ले आज आयोजना गरेको कार्यक्रममा भिडियो सन्देशमार्फत राष्ट्रपति भण्डारीले युवालाई उत्पादनसँग जोड्नु आवश्यक रहेको बताउनुभयो । युवा शक्ति देशको शक्ति भएको भन्दै राष्ट्रनिर्माणमा युवाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । राष्ट्रपति भण्डारीले युवा जनशक्ति बेरोजगार हुँदा मुलुकको समग्र आर्थिक र सामाजिक प्रणाली नै अवरुद्ध हुने बताउनुभयो । युवा विदेश पलायन हुँदा दिगो अर्थतन्त्रको विकासका लागि समेत प्रतिकूलता सिर्जना हुने उहाँको भनाइ छ । सीपको अभावमा वैदेशिक रोजगारीमा जाँदा न्यून आम्दानी हुनुका साथै स्वास्थ्य सुरक्षा र नोकरी पनि असुरक्षित हुने भएकाले त्यसतर्फ ध्यान दिन सुझाउनुभयो । एजेन्सि ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।