
काठमाडौँ, २९ साउन ।
एजेन्सी। तालिबानले अफगानिस्तानको तेस्रो ठूलो सहर हेरात कब्जामा लिएको दावि छ । स्थानीयबासी तथा मिडियाकर्मीका अनुसार तालिबानको भिषण आक्रमणपछि सरकारी सुरक्षा फौज पछि हटेको हो। हिजो तालिबानले गजनी प्रान्तको राजधानी गजनीलाई कब्जामा लिएका थिए जुन देशको राजधानी काबुलभन्दा मात्र १३० किलोमिटर टाढा छ।