
काठमाडौं, ०९ भदौ ।
आज नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ तोकेको जनाइएको छ । यो मूल्य अघिल्लो दिनको भन्दा ३ सय रुपैयाँले कम भएको जनाइएको छ । हिजो छापावाल सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । तेजवी सुनको मूल्य भने आज ९० हजार ८ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको जनाइएको छ । अघिल्लो दिन प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय १० रुपैयाँमा किनबेच भइरहेको जानकारी गरिएको छ । अघिल्लो दिनको तुलनामा आज चाँदी १० रुपैयाँले बढेको जनाइएको छ । एजेन्सि ।