
काठमाडौँ, ०९ भदौ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अहिले नै कसैले चुनौती नदिएको बताउनुभएको छ । आज तुल्लीलाल स्मृति भवनमा आयोजित पत्रकार सम्मेलनमा उहाँल यस्तो बताउनुभएको हो । पार्टी नेतृत्वका लागि आफू निर्विकल्प भने नभएको बताउनुभयो । उहाँले अनुकूल समयमा महाधिवेशनमार्फत जिम्मेवारी हस्तान्तरण गर्ने पनि बताउनुभयो । महाधिवेशनसम्मका लागि कसैले चुनौती दिइनहालेको भन्दै उहाँले अनुकूल समयमा जिम्मेवारी हस्तान्तरण गर्ने समेत बताउनुभएको छ ।