हामीसँग जोडिनुहोस

संसदीय दलको बैठकले आचार्यलाई दलका नेता चयन

1 मिनेट

काठमाडौँ,१० भदौ ।
पार्टीको आन्तरिक विवाद र समीकरण बदलिएपछि प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले राजीनामा दिनलागेको जनाइएको छ । पार्टीको केन्द्रीय कमिटीमा भाग लिन काठमाडौंमा रहेका मुख्यमन्त्री राई लगायतका सांसदहरु आज विहान प्रदेश फर्किन लागेको जनाइएको छ । आज विहान ११ बस्ने संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा गरेर एमाले सचिव भीम आचार्यलाई दलको नेता र मुख्य मन्त्री नियुक्त गर्ने तयारी भएको जनाइएको छ । यसका लागि हिजो राति अबेरसम्म मुख्यमन्त्री राई, एमाले प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेको जनाइएको छ । ओलीसँगको छलफलमा राईले नै आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको जनाइएको छ ।
आज विहान ११ बजे संसदीय दलको बैठकले आचार्यलाई दलका नेता चयन गर्ने र लगत्तै राईले राजीनामा गरेर आचार्यलाई नियुक्त गर्न प्रदेश प्रमुख कहाँ आवेदन गर्ने तयारी भएको जनाइएको छ । मुख्यमन्त्री नियुक्त भएपछि आजै तीन बजे आचार्यको शपथ ग्रहणको तयारी गरिएको प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ । एजेन्सि ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।