
काठमाडौँ, १० भदौ ।
जनवादी गायक जुठबहादुर खड्की जेबी टुहुरेको ७८ वर्षको उमेरमा निधन भएको छ । मस्तिष्कघातका कारण वयोधा अस्पतालमा उपचार गराइरहनुभएका उहाँको उपचारकै क्रममा आज निधन भएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले गायक जेवी टुहुरेको निधन प्रति शोक व्यक्त गर्नुभएको छ । टुहुरेको निधनको खबरबाट आफू स्तब्ध भएको बताउँदै प्रधानमन्त्रीले शोक प्रकट गर्नुभएको हो । प्रधानमन्त्रीले स्वर्गीय कलाकारको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।