
काठमाडौँ, १० भदौ ।
नेकपा एमालेले पार्टीको कारवाहीमा परिसकेका व्यक्तिलाई सनाखत गराएर नयाँ दल दर्ता गरेको भन्दै निर्वाचन आयोगविरुद्ध अदालत जाने निर्णय गरेको छ ।१४ जना सांसदलाई विधान र कानूनबमोजिम गरिएको कारवाहीलाई अघि नबढाएकोमा सभामुख अग्नि सापकोटा र कारवाहीमा परेका व्यक्तिको सनाखत लिएकोमा निर्वाचन आयोगविरुद्ध कानूनी उपचारमा जाने निर्णय केन्द्रीय कमिटी बैठकले गरेको सचिव प्रदीप ज्ञवालीले बताउनुभयो । बैठकले पार्टी विभाजनमा लागेका केन्द्रीय सदस्यहरुको नाम निर्वाचन आयोगमा एमालेको अभिलेखबाट हटाउने निर्णय समेत गरेको छ ।