
काठमाडौं, ११ भदौ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जनगायक जेबी टुहुरेको असामयिक निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै उनका शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । राष्ट्रपतिले हिजो साँझ सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै प्रगतिशील, सांस्कृतिक अभियन्ता एवं जनगायक जेबी टुहुरेको निधनको खबरले आफू ज्यादै दुःखी भएको बताउनु भएको हो।
भण्डारीले प्रगतिशील संगीतका माध्यमबाट नेपालको लोकतान्त्रिक आन्दोलनमा गायक टुहुरेले पु¥याएको योगदान चिरस्मणीय रहने बताउँदै राष्ट्रपति भण्डारीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकूल परिवारका सदस्यमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।