हामीसँग जोडिनुहोस

एमाले अलग दल दर्तामा सहभागी केन्द्रीय सदस्यहरूलाई पार्टीबाट निष्काशन गर्ने

1 मिनेट

काठमाडौं, ११ भदौ ।
नेकपा (एमाले)ले पार्टी विभाजनमा संलग्न र अलग दल दर्तामा सहभागी केन्द्रीय सदस्यहरूलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीवार तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा हजो बसेको एमाले केन्द्रीय कमिटीको बैठकले उनीहरूको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय हो।
बैठकले सबै तहका कमिटी र सबै तहका पदाधिकारी र सदस्यहरूलाई २०७५ साल जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशित गर्ने र १० बुँदे प्रस्तावलाई रचनात्मक कार्यान्वयन गर्ने निर्णय पनि गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
त्यस्तै, जनसंगठनहरूमा यसलाई लागू गर्न महासचिव, संगठन विभाग प्रमुख तथा गोकर्ण बिष्ट र टोपबहादुर रायमाझीले सहजीकरण गर्ने निर्णय बैठकले गरेको छ। बैठकले एमालेलाई लक्षित गरेर पार्टी विभाजनका क्रममा विभिन्न निकायबाट भएका गैरकानुनी कार्यविरुद्ध कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ। बैठकले २०७८ असोज ४, ५ र ६ गते विधान महाधिवेशन तथा २०७८ मंसिर १०, ११ र १२ गते राष्ट्रिय महाधिवेशन गर्ने स्थायी कमिटीको प्रस्तावलाई अनुमोदन गरेको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।