हामीसँग जोडिनुहोस

आज विभिन्न क्षेत्र र नदी आसपास बाढीको जोखिम

1 मिनेट

काठमाडौँ, २१ भदौ ।
यता, काठमाडौं उपत्यका, बनेपा लगायत विभिन्न शहरका घर डुबानमा परेका छन्। काठमाडौंको काँडाघारी, परोपकार, बल्खु, सुन्दरीघाट, भक्तपुरको मनोहरा, बोडेफाँट, सुकुम्बासी बस्ती तथा ललितपुरको सानेपा, कालोपुललगायतको क्षेत्र डुबानमा परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता सुशीलसिंह राठौरले जानकारी दिए। काठमाडौंको शङ्खमूल, बल्खुको तरकारी बजारलगायतका स्थान डुबानमा परेका छन्। बाग्मती, विष्णुमति, इच्छुमति, धोबीखोलगायतका नदी तथा खोलामा बाढी आएको छ। सोमबार बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरुको बहाव बढ्दो रहेको तथा सतर्कता तहभन्दा तलै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। हाल बागमती नदी खोकनामा जलसतह खतरा तह आसपास रहेको महाशाखाको भनाई छ। त्यसैगरी पश्चिम राप्ती बागासोतीमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ। महाकाली, कोशी, नारायणी र यिनका सहायक नदीहरू विशेषगरी सुनकोशी, त्रिशुली, माङ्दी लगायतमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्नेस कर्णालीको सहायक नदी विशेषगरी सेतीमा बहाव सामान्य बढ्ने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार बागमती, पश्चिम राप्तीमा बहाब बढ्ने र सतर्कता तह पार गर्ने, बबईमा बहाव बढ्ने तथा सतर्कता तह आसपास पुग्न सक्नेस कन्काई, कमला, पूर्वी राप्ती, तिनाउ लगायतमा बहाब सामान्य बढ्ने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ। प्रदेश १ को इलाम, संखुवासभा, सोलुखुम्बु, ओखलढुङ्गास प्रदेश २ को सप्तरी, धनुषा, महोत्तरीस बागमती प्रदेशको दोलखा, रामेछाप, काठमाडौं उपत्यका, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, चितवनस गण्डकी प्रदेशको गोरखा, लमजुङ, कास्की, बाग्लुङस लुम्बिनी प्रदेशको रोल्पा, प्युठान, पर्वी रुकुम, प्युठान, दाङ, बाँके, बर्दियास कर्णाली प्रदेशको रुकुम पश्चिम, जाजरकोट, जुम्ला, कालिकोट, दैलेख, सुर्खेतस सुदुरपश्चिम प्रदेशको दार्चुला, बझाङ, बाजुरा, बैतडी, डडेल्धुरा, डोटी, अछाम, कन्चनपुर, कैलाली र आसपासका जिल्ला भई बहने स(साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।