
काठमाडौँ, २१ भदौ ।
नेकपा एमाले फुटेर बनेको नेकपा ९एकीकृत समाजवादीले केपी ओली पक्षले फैलाएका भ्रमहरूको सशक्त रूपमा खण्डन गर्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ । माधवकुमार नेपाल नेतृत्वको समाजवादीले अन्तरपार्टी निर्देशन ९अपानि० जारी गर्दै आफूहरूका बारेमा ओली पक्षले फैलाएका भ्रमहरूको सशक्त रूपमा खण्डन गर्न तथा जनता र कार्यकर्ताबीचमा पार्टी पुनर्गठनको औचित्य प्रष्ट पार्न व्यापक रूपमा प्रचारप्रसार चलाउन भनेको हो । ओलीले कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी अवसरवादको दिशामा धकेलेकाले पार्टी विभाजन कम्युनिष्ट आन्दोलनको रक्षाका निम्ति गरिएको जाहेज ‘विद्रोह’ भएको अपानिमा उल्लेख गरिएको छ । ओलीले पार्टी नीतिमुखी, विधि पद्धतिअुसार नचलाएर स्वेच्छाचारी ढंगले चलाएको तथा उनमा व्यक्तिवादी अहंकार हावी भएकाले पार्टी फुटको दिशामा पुगेको अपानिमा आरोप लगाइएको छ । अलग्गै भेला गरी पार्टी फुटाउने, कब्जा गर्ने उद्देश्यले केपी ओली समूहले ७ पुसमा १५०१ जनाको केन्द्रीय कमिटी गठनको निर्णय गरेपछि पार्टीमा थप विवाद चुलिएको अपानिमा उल्लेख छ ।