हामीसँग जोडिनुहोस

कार्यकर्ता भेलालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली आज पोखरा जाँदै

1 मिनेट

काठमाडौँ, २२ भदौ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा जाने हुनभएको छ । अध्यक्ष ओली कार्यकर्ता भेलालाई सम्बोधन गर्नका लागि पोखरा जान लाग्नुभएको हो । गत २ जेठमा राष्ट्रपति विद्या भण्डारीले सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश स्वीकृत गरेलगत्तै एमाले विभाजित भएर माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी बनेको छ । पार्टी विभाजनपछि एमालेले देशैभरी कार्यकर्ता भेला र प्रशिक्षण आयोजना गरिरहेको छ । पोखरामा हालसम्म माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा कोही जनप्रतिनिधि र नेताहरु खुलेका छैनन् । निर्वाचन आयोगले दल रोज्न जनप्रतिनिधिहरुलाई आजसम्मको समय दिएको छ । एमाले र तत्कालीन जनता समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिले आजसम्म पुरानै पार्टीमा बस्ने कि नयाँ पार्टीमा जाने भन्ने निर्णय गर्न सक्नेछन् । पार्टी विभाजनपछि एमाले र एकीकृत समाजवादीबीच कार्यकर्ता तानातानको क्रम चलिरहेको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।