हामीसँग जोडिनुहोस

प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिहरूलाई निर्वाचन आयोगले दल रोज्न दिएको समय आज सकिँदै

1 मिनेट

काठमाडौँ, २२ भदौ ।
प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिहरूलाई निर्वाचन आयोगले दल रोज्न दिएको समय सीमा आज मंगलबार अपराह्न ५ बजे सकिँदैछ । गठबन्धन शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी दोस्रो संशोधित अध्यादेशअनुसार एमाले र जसपा छाड्ने प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई आयोगले दल रोज्न २१ दिनको दिएको थियो । गत भदौ २ गतेबाट लागु हुने गरी दिएको उक्त समय सीमा आज भदौ २२ मा सकिन लागेको हो । गत भदौ २ गते एमालेबाट नेकपा एकीकृत समाजवादी र जसपाबाट अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको थियो । दुवै दलको निवेदनअनुसार ९ भदौमा आयोगले दलको मान्यता दिँदै प्रमाणपत्र दिएको थियो । आयोगले दिएको समय सीमाभित्र दल रोज्ने जनप्रतिनिधिको पद कायम रहनेछ । नयाँ दल रोज्नलाई आयोगले जिल्ला र प्रदेश निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्न निर्धारण गरेको समय सीमा अनुसार आज बेलुका सम्म नै सनाखत गर्ने क्रम चल्ने दुवै दलका नेताहरूले बताएका छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।