
काठमाडौं, २८ भदौ ।
नेपाल र बंगलादेशबिचको दोस्रो मैत्रीपूर्ण फुटबल बराबरी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हिजो साँझ भएको खेलको निर्धारित समयमा दुबै टोलीले गोल गर्न सकेनन् । दुबै टोलीले गोल गर्ने महत्वपूर्ण अवसर प्राप्त गरे पनि बललाई जाली चुमाउन नसकेपछि खेल बराबरीमा सकिएको हो । रेनुका नगरकोटीको कप्तानीमा मैत्रानमा उत्रिएको नेपाली महिला टोलीले बंगलादेशविरुद्ध राम्रा अवसरहरु सिर्जना गरेपनि बंगलादेशकी किपरले विफल पारेकी थिइन् ।
एसियन कप छनोटमा समूह ‘एफ’मा रहेको नेपाली टिमले १८ सेप्टेम्बरमा फिलिपिन्स र २१ सेप्टेम्बरमा हङकङसँग खेल्नेछ । खेलका लागि नेपाली महिला टोली आज उज्वेकिस्तान प्रस्थान गर्नेछ ।