
काठमाडौँ, ०६ असोज ।
तालिबानले यो हप्ता न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा आफूलाई सम्बोधन गर्न दिन आग्रह गरेको छ। विश्वका नेताहरुलाई महासभामार्फत सम्बोधन गर्न चाहेको तालिबानले बताएको हो। अफगानिस्तानको सत्तामा रहेको तालिबानका विदेशमन्त्रीले सोमबार पत्र पठाएर सम्बोधनका लागि अवसर दिन आग्रह गरेका हुन्। संयुक्त राष्ट्रसंघको एक समितिले त्यसमाथि छलफल गर्ने छ । तालिबानले दोहामा रहेका आफ्ना प्रवक्ता शुहेल शहीनलाई संयुक्त राष्ट्रसंघका लागि अफगान राजदूतका रुपमा नियुक्त गरेको छ। तालिबानले गएको अगस्ट १५ मा अफगानिस्तानमा आफ्नो नियन्त्रण कायम गरेको हो। अहिले आफ्नो सत्ता रहेकाले यसअघिको सरकारले नियुक्त गरेको दूतले देशको प्रतिनिधित्व गर्न नसक्ने तालिबानले बताएको छ। एजेन्सी ।