
काठमाडौँ, १७ असोज ।
विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग ईपीएलमामा काठमाडौं किंग्स ११ लाई ७ रनले पराजित गर्दै पहिलो जित हात पारेको छ । वर्षाका कारण ८ ओभरमा छोट्याइएको खेलमा काठमाडौंविरुद्ध पहिले ब्याटिङ गरेको विराटनगरले ५ वीकेट गुमाएर १०५ रनको लक्ष्य दिएको थियो । पूरै ८ ओभर खेल्दा काठमाडौंले ३ विक्ट गुमाएर ९७ रनमात्रै बनाएपछि विराटनगर ७ रनले विजयी भएको हो ।