हामीसँग जोडिनुहोस

दशैंमा मापसे गर्नेलाई कडा चेकिङ गर्दै: ट्राफिक प्रहरी

1 मिनेट

काठमाडौँ, १७ असोज ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर ‘चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन सुरक्षा योजना’ ल्याएको छ । उपत्यकाबाट दशैं मनाउन घर जाने यात्रुलाई सहयोग गर्न उपत्यकाका १४ ठाउँमा यात्रु सहायताका कक्ष स्थापना गरेको जसमा गुनासो, टिकट तथा भाडामा ठगी गर्ने, पकेटमार तथा अन्य आपराधिक गतिविधिलाई निगरानी गर्न थालेको महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जनाकारी दिनुभएको छ । त्यसका साथै ट्राफिक प्रहरी दशैंमा मापसे चेकिङमा कडाइ समेत गर्ने भएको छ । यसका साथै विषेश चेकिङ योजना अन्तर्गत २४ घण्टा नाकाहरुमा ट्राफिक प्रहरीको चेकिङ राखिएको महाशाखाले जनाएको छ। यस्तै ट्राफिक प्रहरीले सादा पोशाकका प्रहरी पनि परिचालन गरेको बताएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।