
काठमाडौँ, २१ असोज ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैँको शुभकामना दिनुभयो । आजदेखि विजयादशमी पर्व सुरु भएको उल्लेख गर्दै उहाँले शुभकामना व्यक्त गर्नुभएको हो ।
कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना गरेर पर्व मनाउन पनि उहाँले सबैमा अनुरोध गर्नुभएको छ ।