हामीसँग जोडिनुहोस

अमेरिकी पनडुब्बी दक्षिण चीन सागरमा दुर्घटनामा परे

1 मिनेट

काठमाडौँ, २२ असोज ।
अमेरिकाको परमाणु ऊर्जाबाट सञ्चालित पनडुब्बी दक्षिण चीन सागरमा दुर्घटनामा परेको छ । पनडुब्बी अज्ञात वस्तुसँग दुर्घटनामा परेको हो । दुर्घटनामा परी १५ जलसेना घाइते भएका छन् । युएसएस कनेक्टिकट नामक पनडुब्बी कसरी ठोक्कियो यस बारेमा भने कुनै जानकारी आएको छैन। अमेरिकी जलसेनाका प्रवक्ताले दुर्घटनामा परे पनि पनडुब्बीको महत्वपूर्ण भागमा कुनै नोक्सान नपुगेको बताएका छन् । दक्षिण चीन सागर विश्वको सबैभन्दा विवादित र आर्थिक रूपले महत्वपूर्ण जलमार्गको रूपमा लिने गरिन्छ । चीनले यसको सबै क्षेत्र आफ्नो हो भनी दाबी गर्दै आइरहेको छ । हाससालै चीनले कृत्रिम द्वीपको पनि निर्माण गरेको छ । यसैगरी मलेसिया, ब्रुनाइ, भियतनाम, फिलिपिन्स र ताइवानले पनि समुन्द्रको हिस्सामा आफ्नो दाबी गर्दै आइरहेका छन् ।एजेन्सी ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।