
काठमाडौैँ, ०५ कात्तिक ।
बेमौसमी अविरल वर्षासँगैको बाढी पहिराका कारण विगत ५—६ दिनदेखि अवरुद्ध भएको डोटीको विद्युत् तथा सञ्चार सेवा सञ्चालन भएको छ । वर्षाका कारण रुख ढलेर कैलालीको भासुभिर नजिक ३३।११ सय केभिए विद्युत् प्रसारणको पोलमा क्षति भएका कारण अवरुद्ध बनेको विद्युत् सेवा गए रातिबाट सञ्चालन गरिएसँगै अहिले जिल्लामा फोन तथा इन्टरनेट सेवा पनि सञ्चालन भएको साना जलविद्युत् केन्द्र दिपायलले जनाएको छ । अवरुद्ध विद्युत् र फोन सेवा सञ्चालन भएसँगै त्यहाँका नागरिकलाई आफ्ना समस्याका बारेमा जानकारी लिन र दिन निकै सहज भएको छ ।