हामीसँग जोडिनुहोस

विपदमा जनप्रतिनिधिले बेवास्ता गरेको गुनासो

1 मिनेट

काठमाडौैँ, ०५ कात्तिक ।
लगातारको वर्षाका कारण आइपरेका विपदमा परेकालाई उद्धार तथा पुनस्स्थापना गर्न जनप्रतिनिधिले बेवास्ता गरेका दैलेखका स्थानीय बासिन्दाको गुनासो छ । पहिरोले बन्द भएका सडक खुलाउन तथा घर भत्किएका व्यक्तिलाई सहयोग जुटाउन पहल गरे पनि जनप्रतिनिधिले वास्ता नगरेका उनीहरुले गुनासो गरेका हुन् । वर्षाका कारण घर भत्किएपछि जनप्रतिनिधिसँग पुनस्स्थापनाका लागि अपिल गरे पनि कुनै सहयोग नपाएको स्थानीय डिल्ली परियारले बताउनु भएको छ । आठ लाख लागतमा निर्माण भएको घर भत्किएपछि विवरण टिपाउँदा पनि दुई लाख मात्रै क्षति भएको विवरण वडा कार्यालयका सचिवले टिपेको उहाँले गुनासो गर्नुभयो ।
दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले समेत बन्द भएका सडक सञ्चालनमा ल्याउन सहयोगका लागि फोन गर्दा जनप्रतिनिधिहरुसँग सम्पर्क हुन नसकेको बताउनु भएको छ । कर्णाली राजमार्ग, दैलेख–सुर्खेत र मध्यपहाडी राजमार्गमा ठाउँठाउँ पहिरोले सडक बन्द भएको बेला सहयोग माग्न खोज्दा जनप्रतिनिधिहरुले मोबाइल अफ गरेर बसेका समेत पाइयोु उहाँले भन्नुभयो ।
यस्तै दैलेखका प्रहरी प्रमुख डीएसपी अनुपम श्रेष्ठले पनि पहिरोले सडक बन्द हुँदा प्रहरीमै गुहार माग्न थालेपछि सडक विभागको डोजर ल्याएर आफूले डिजेल भरेर सडक खुलाउनु परेको बताउनु भएको छ ।

naikap mahotsab

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।