हामीसँग जोडिनुहोस
Latest
मङ्लबार, साउन २६, २०८३

स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

0 मिनेट

काठमाडौैँ, ०५ कात्तिक ।
सुनसरीको कोसी गाउँपालिका–६, भान्टाबारी चोकमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । झापाको दमक नगरपालिका–१ बस्ने २६ वर्षीया सासा लिम्बूको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा आज बिहान पौने ४ बजे मृत्यु भएको जनाइएको छ । गए राति करिब साढे ११ बजे लिम्बूले चलाएको ‘अनटेस्ट’ स्कुटर अतियन्त्रित भई पल्टिएको थियो ।

 

ट्रेण्डिङ