
काठमाडौैँ, ०५ कात्तिक ।
नेपाल कम्युनिष्ट पार्टी एमालेले मेलम्ची नगरपालिको पहिलो नगर अधिवेशन कात्तिक १३ गते गर्ने भएको छ । नगर अधिवेशन आयोजक कमिटीको बिहीवार मेलम्ची बजारमा बसेको पूर्ण बैठकले सो निर्णय गरेको हो । केन्द्रको निर्णयअनुसार देशभर नगर अधिवेशन आगामी ९ गते गर्ने भनिए पनि मेलम्चीमा भने ४ दिन सर्ने भएको हो । नगर संयोजक तथा मेयर डम्बरबहादुर अर्यालका अनुसार आन्तरिक तयारी तथा देशभर निम्तिएको विपत्तिका कारण नगर अधिवेशन सार्न लागिएको हो । उक्त अधिवेशनले नगरमा नेतृत्व चयन गर्ने छ । अधिवेशनलााई व्यवस्थित पार्न सात उप(समिति गठन गरिएको संयोजक अर्यालले जानकारी दिनुभएको छ ।