हामीसँग जोडिनुहोस

चितवनमा दसैँ—तिहारमा जुवातास खेल्ने १८ जना पक्राउ, करिब ३ लाख बरामद

1 मिनेट

काठमाडौं,२३ कात्तिक ।
चितवनमा दसैँ—तिहारमा जुवातास खेल्ने १८ जना पक्राउ परेका छन् । चितवनका प्रहरी प्रवक्ता सूर्यबहादुर थापाका अनुसार उनीहरूको साथबाट २ लाख ९१ हजार ६ सय ५ रूपैयाँ बरामद गरिएको छ ।
भाइटीकाको दिन राप्ती नगरपालिकाको पाख्रिबासबाट १ लाख २३ हजार २ सय रूपैयाँसहित ३ जना पक्राउ गरिएको छ । यस्तै कात्तिक १५ गते भरतपुर महानगर—४ यज्ञपुरीको टेम्पल कटेजबाट १६ हजार १५ रुपैयाँसहित तास खेलेका २ जनालाई पक्राउ गरिएको छ ।
१६ गते भरतपुर—१६ चोकबजारबाट ५३ हजार ७० रूपैयाँसहित जुवा खेलिरहेका ८ जनालाई पक्राउ गरी कारबाही गरिएको छ । असोज २८ गते खैरहनी नगरपालिका—८ मगनीबाट ९९ हजार ३ सय २० रूपैयाँसहित लुडो खेलिरहेका ५ जना पक्राउ परेका छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।