हामीसँग जोडिनुहोस

अवरुद्ध किमाथांका सडक सञ्चालनमा

1 मिनेट

अविरल वर्षासँगैको पहिरोले अवरुद्ध बनेको खाँदबारी – किमाथांका सडक सञ्चालनमा आएको छ । गत असार २ गते आएको पहिरोले खाँदबारी– किमाथांका सडक खण्डको मकालु गाउँपालिका–५ र ३ जोड्ने नयाँ बस्तीमा पहिरो झरेपछि सडक अबरुद्ध भएको थियो। सडक विभाग र नेपाली सेना र स्थानियको सक्रियतामा एक महिला पछि खाँदबारी किमाथांका सडक खुलाइएको उत्तर दक्षिण कोशी सडक कार्यालयका प्रमुख गौतम कुमार श्रेष्ठले जानकारी दिनुभयो । खाँदबारी किमाथांका सडक अवरुद्ध भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको थियो। सडक सुचारु भए पछि खाँदबारी बाट भोटखोला जाने यातायात एकतर्फी सञ्चालनमा आएको छ। पहिरो मकालु गाउँपालिका–३ हेदाङनागढीमा थुनिएका आधा दर्जन गाडी सदरमुकाम फर्किएको उत्तर दक्षिण कोशी सडक प्रमुख श्रेष्ठले बताउनुभयो।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।