
काठमाडौं, ०५ पुष ।
एमसीसीको विरुद्धमा विभिन्न राजनीतिक दलहरुले भोली अर्थात् पुस ६ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएका छन्। ६ कम्युनिष्ट पार्टी र दुई मोर्चालेसंयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्। नेकपा, नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), नेपाल कम्युनिष्ट पार्टी (ऋषि कट्टेल नेतृत्वको), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, देशभक्त गणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चाले पुस ६ गते देशभर विरोध प्रदर्शन गर्ने घोषणा गरेका हुन्। साथै उनीहरुले आफूहरुको कार्यक्रमलाई सफल पार्न सबैलाई आग्रह पनि गरेका छन्।