हामीसँग जोडिनुहोस

ट्रकको ठक्करबाट सर्लाहीमा एक विद्यार्थीको मृत्यु

1 मिनेट

काठमाडौं,५ पुष ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दीमा ट्रकको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । लालबन्दी नगरपालिका–९, बस्तीपुरमा आज बिहान दुर्घटनामा ट्रकको ठक्करबाट जनज्योति माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत १७ वर्षीय दीपेन्द्रकुमार यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिनुभयो ।
चन्द्रनगर गाउँपालिका–१, रतनपुरका दीपेन्द्र लालबन्दीमा भाडाको कोठामा बस्दै आएका थिए । आज बिहान ट्युसन पढ्न जाँदै गर्दा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ३ ख ७९९० नम्बरको ट्रकले ठक्कर दिएको प्रहरी निरीक्षक थापाले बताउनुभयो । सडक पार गर्न खोज्दा ट्रकले ठक्कर दिएको बताइएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि नमुना अस्पताल हरिवन र्पुयाइए पनि चिकित्कसले मृत घोषणा गरेको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2022 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।