
काठमाडौं,५पुष । भारतमा कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन तीव्ररुपमा फैलिरहेको समाचार श्रोतले जनाएको छ । त्यहा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १ सय ५३ पुगेको छ । यो भाइरसबाट महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको छ । आज मात्रै महाराष्ट्रमा ६ र गुजरातमा ४ नयाँ संक्रमित थपिएका छन् । यो भाइरस भारतका विभिन्न १२ राज्यमा फैलिसकेको छ । हालसम्म महाराष्ट्रमा ५४, दिल्लीमा २२, तेलंगानामा २०, राजस्थानमा १७,कर्नाटकमा १४, गुजरातमा ११, का साथै केरला, आन्ध्र प्रदेश, चंडीगढ,तमिलनाडु र पश्चिम बंगालामा समेत ओमिक्रोनका बिरामी भेटिएका छन् । एजेन्सी ।