हामीसँग जोडिनुहोस

प्रतिनिधिसभाद्वारा भक्तपुर–नगरकोट सडक खण्डको अनुगमन

1 मिनेट

श्रावण १३ । प्रतिनिधिसभा अन्र्तगतको विकास तथा प्रविधी समितिको टोलीले भक्तपुर–नगरकोट सडक खण्डको अनुगमन गरेको छ । अनुगमनका क्रममा उक्त सडक खण्डमा ठेकेदार कम्पनीले गुणस्तरहिन काम गरेको र काममा लापरवाही गरेको निष्कर्ष निकालेको छ । समितिका सभापति कल्याणी खड्का नेतृत्वको टोलीले भक्तपुरदेखी नगरकोट सम्मको १७ किमी सडक खण्डको अनुगमन गरेको हो ।
भक्तपुरको भत्केपाटी–नगरकोट सडक विस्तारको निर्माण कार्य ६ बर्षदेखी अलपत्र परेको गुनासो बढ्दै गएपछि समितिले अनुगमन गरेको सभापति कल्याणी खड्काले जानकारी दिनुभयो । निर्माणको अवधि समाप्त भएपछि आयोजनाले ४ पटक अवधि थप गर्दापनि निर्माण कार्य ६० प्रतिशत पनि पुरा नभएको भन्दै सडक विभाग आयोजना कार्यान्वयन इकाईले म्याद थप गरेको छैन् ।
सडक अनुगमनका क्रममा सभापति खड्काले निर्माण कम्पनीलाई थप समय दिने बारे छलफल गर्ने, फिल्ड र कागज हेरेपछि यसको निष्कर्ष निस्किने बताउनुभयो । पर्यटकिय क्षेत्रको सडकको दुरावस्था रहेकोबारे अनुगमनका क्रममा पाइएको टोलीको निष्कर्ष निकालेको छ ।
ठेकेदार र निर्माण संयन्त्रको कमजोरीकै कारण देशैभरका सडक बिस्तार ढिलाई भएको र यसतर्फ सुधार गर्नुपर्ने टोलीको ठहर छ । आयोजनाले ०७१ असारमा दुई वर्षभित्र काम सक्ने गरी भारतीय कम्पनी एआइपिएल र सैलुङ कन्स्ट्रक्सन काठमाडौंसँग सम्झौता गरेको थियो ।
अनुगमनमा भक्तपुरका प्रतिनिधिसभा सांसद महेश बस्नेत, चाँगुनारायण नगरपालिका प्रमुख सोम प्रसाद मिश्र र विभिन्न क्षेत्रका सरोकारवाला ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।