
गथेमंगल राक्षसको रुप नभई भगवानकै स्वरुप भएको संस्कृतिविद्हरुले बताएका छन् । भक्तपुर र थिमिमा गथेमंगल पर्व मनाउने विधि, परम्परा र संस्कृतिका सन्दर्भमा नेवा पत्रकार राष्ट्रिय दबु भक्तपुर शाखाले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै डा. पुरुषोत्तमलोचन श्रेष्ठले हरेक जात्रा प्रवृतिमा भरपर्ने भएकाले गथेमंगललाई राक्षसको उपमा दिने गरिएको बताउनुभयो । उहाँले
गथेमंगल राक्षस नभई भगवानको एक रुप भएको बताउनुभयो । उहाँले यो जात्रालाई किसान परिवारसँग जोडिएको पर्वका रुपमा समेत ब्याख्या गर्नुभयो । पर्वका समयमा बोलीने भाषामा अश्लीलताको प्रयोग हुने बिषय हरेक क्षेत्रबाट अध्ययन र अनुसन्धान गर्दा सकारात्मकै देखिएको उहाँको भनाई छ । उहाँले गथेमंगल र घन्टाकर्ण फरक फरक हुन् भनी गरिएको व्याख्या गलत रहेको भन्दै यी दुबैको नाम एकै भएको प्रष्ट पार्नुभयो । कार्यक्रममा मध्यपुर थिमिका संस्कृति अध्ययनकर्ता राजेन्द्र तु श्रेष्ठले मध्यपुर थिमि नगरमा जम्मा १२ स्थानमा गथेमंगल मनाइने बताउनुभयो । गथे मंगललाई सफाई अभियानका रुपमा समेत लिन सकिने उहाँको भनाई छ । परम्परालाई परिमार्जन गर्ने काम गलत भएको भन्दै उहाँले हरेक साँस्कृतिक पाटोलाई जीवन्त राख्न सोही अनुरुप निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो ।
नेवा पत्रकार दबुका केन्द्रिय अध्यक्ष श्रीकृष्ण महर्जनले सञ्चार क्षेत्रले हरेक विज्ञहरुको भनाईलाई मात्र नभइ फरक धारबाट अध्ययन गरि त्यसको प्रस्तुती र जानकारी दिन सक्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा रफत सञ्चार क्लबका केन्द्रिय अध्यक्ष शुसिलबन्धु थापाले सञ्चार क्षेत्रले भक्तपुरका हरेक कला संस्कृति र सम्पदाका बारे बिश्व माझ जानकारी प्रदान गर्न सक्ने भएकाले दबुले आफ्नो क्षेत्रबाट भक्तपुरका जात्रा पर्वका बारे यसरी नै बिज्ञहरुसँग छलफल गरि तथ्य बाहिर ल्याउने तफ अपेक्षा राखेको बताउनुभयो । भक्तपुर पर्यटन बिकास समितिका अध्यक्ष राम सुन्दर भेलेले भक्तपुरको गथेमंगल जात्रा जस्तै हरेक जात्रालाइ जीवन्त राख्न सबै क्षेत्र सक्रिय भई भक्तपुरका जात्रा र पर्वलाई बिश्वसामु परिचित गराउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका सभापति एवं नेवा पत्रकार राष्ट्रि दबु भक्तपुरका अध्यक्ष रामगोपाल तमखुले भक्तपुरमा मनाइने गथे मंगल पर्वका बारे जानकारी दिन र हरेक जात्राहरको संरक्षण र प्रर्वदनमा सरोकारवालाहरुलाई घच्घचाउन यस्ता कार्यक्रम फलदायी हुने बताउनुभयो ।

Related

अन्य समाचार
वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन
भक्तपुरमा जारी महोत्सवले उल्लेखनीय सफलता हासिल गरेको छ। सल्लाघारी मा सञ्चालन भइरहेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/०८३’मा हालसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भएको छ भने ५० लाख रुपैयाँभन्दा बढीको कारोबार
भक्तपुर महोत्सवमा एक लाख भन्दा बढीको आगमन, रु. ५० लाखको कारोबार






