श्रावण १३ । पाकिस्तानका फास्ट बलर मोहम्मद आमिरको संन्यासले पाकिस्तानी क्रिकेट जगत अचम्ममा परेको छ। करियरको सर्वश्रेष्ठ समय चलिरहेको अवस्थामा भएको संन्यास घोषणा धेरैका लागि अनपेक्षित र अचम्ममा पार्ने किसिमको नै थियो। उनले यस वर्ष जुनमा इङ्ल्याण्ड तथा आइतल्याण्डविरूद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए भने विश्वकपमा पनि उनको प्रदर्शन उच्च थियो । म्याच फिक्सिङमा ५ वर्षको प्रतिबन्ध झेलेपछि मैदान फर्किएका आमिरले गतिलो पुनरागमन गरेका थिए। यस्तोमा उनले अचानक टेस्ट क्रिकेटबाट संन्यास लिने घोषणा गरेका हुन्। यसले पाकिस्तानी क्रिकेट फ्यानहरूसँगै पूर्व खेलाडीहरूलाई समेत निराश पारेको छ। संन्यास घोषणा गरेका आमिरले सिमित ओभरका क्रिकेटमा आफ्नो ध्यान केन्द्रित गर्ने भन्दै संन्यास लिएको बताएका थिए। यस्तै उनले नयाँ युवा खेलाडीलाई मौका मिलोस् भन्नाका खातिर पनि संन्यास लिने घोषणा गरेको जनाएका थिए।