
काठमाडौं, ०५ माघ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँको सचिवालयका अनुसार हिजो पीसीआर परीक्षण गरिएकोमा रिर्पोट पोजिटिभ आएको हो । राष्ट्रियसभाका अन्य केही सांसदहरुलाई पनि कोरोना संक्रमण भएको छ । सचिवालयका कर्मचारीहरु पनि संक्रमित भएका छन् ।