
काठमाडौं, ०५ माघ ।
गोरखाको मनकामना मन्दिरभित्र भक्तजन प्रवेशका लागि प्रवेश निषेध गरिने भएको छ । कोरोनाको जोखिम बढेसँगै भिडभाड नियन्त्रण गर्न बसेको मनकामना क्षेत्र विकास समितिको बैठकले भोलिदेखि मन्दिर बन्द गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को निर्णयलाई कार्यान्वयन गर्न भोलिदेखि भक्तजन प्रवेशमा रोक लगाइएको मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक लेबेन्द्र गुरुङले बताउनुभयो । माघ मसान्तसम्म मन्दिरमा नित्य पूजा गर्ने निर्णय क्षेत्र विकास समितिले गरेको गुरुङले बताउनुभयो । त्यस्तै, मनकामनासम्म जाने मनकामना दर्शन प्रालिले सञ्चालन गरेको केबलकार भने बन्द नहुने मनकामना केवलकारका स्टेसन म्यानेजर उज्वल शेरचनले बताउनुभयो ।