
काठमाडौं, ०५ माघ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतोले मधेस प्रदेशले पहिचान स्थापित भएको भन्दै अधिकार प्राप्तीको ढोका खुल्ला भएको बताउनुभएको छ । प्रदेश २ को नाम मधेश प्रदेश भएपछि काठमाडौंमा आयोजित बधाई कार्यक्रममा महतोले प्रदेशको पहिचान नभएसम्म अधिकार पाउन नसकिने अवस्थाको अन्त्य भएको बताउनु भएको हो ।
उहाँले अधिकार, पहिचान र बहुलराज्य मान्यतालाई स्थापित गराउने आफूहरूको अभियान सफलतातर्फ अघि बढेको बताउनुभयो । महतोले पहिचान सहितको संघीयता र संघीयतासहितको संविधानको नारा लगाएपनि अधिकांश प्रदेशले पहिचान पाउन नसकेको बताउनु भएको थियो ।