
काठमाडौं, ०५ माघ ।
नेपाल पञ्चांग निर्णायक विकास समितिले आगामी वर्ष २०७९ को पात्रो तयार पारेको जानकारी दिएको छ । चाडपर्वसहितको विवरण समेटिएका १४ वटा पात्रोलाई समितिले स्वीकृति दिएको हो । उक्त पात्रो माघ १५ देखि बजारमा ल्याइने समितिले जनाएको छ। पात्रो तयार पार्नका लागि समितिले तिथिमितिसहितको विवरणसमेत उपलब्ध गराएको छ। आगामी वर्षको नयाँ पात्रोमा दसैँको टीका असोज १९ गते र भाइटीका कात्तिक १० गते परेको छ। आगामी वर्षका लागि ५६ वटा विवाहको लगन र ११ वटा व्रतबन्धको लगन जुरेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।