हामीसँग जोडिनुहोस

कांग्रेस बैठक महाधिवेशनको मिति तोक्न सभापतिमाथि दबाब

1 मिनेट

काठमाडौं, १४ साउन । नेपाली कांग्रेसका सभापति देउवाले अन्तरिम संरचना बनाएर महाधिवेशन कार्यतालिका बनाउनुपर्ने पक्षमा देखिनुभएको छ भने, रामचन्द्र पौडेल र कृष्ण सिटौलाले सिधै महाधिवेशनमा जानुपर्ने अडान राख्नुभएको छ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति निर्धारण गरि अघि बढ्न नेतृत्वलाई दबाब नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुलेख दिएका छन् । बैठकको १४ एजेण्डा मध्ये महाधिवेशनको विषय महत्वपूर्ण रहेको थियो ।
संक्रमणकालिन व्यवस्था अनुसारको संरचना बनाउने र केही समयपछि महाधिवेशन गर्ने विषयमा धारणा पनि केहि सदस्यहरुले राखेका थिए ।
पार्टीको विधानको धारा ७१ को उपधारा ४ बमोजिम अन्तरिम संरचना बनाई १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गर्ने विषयमा छलफल केन्द्रीत हुनुपर्ने प्रवक्ता विश्वप्रकाश शर्माल बताउनुभयो ।
केन्द्रीय सदस्य अर्जुन नरसिं केसीले समयमा नै महाधिवेशन गर्नु पर्ने र संक्रमणकालिन व्यवस्थाको नाममा भर्रखरै बनाएको विधानलाई निलम्बन गरेर विधान विपरित कुनै पनि सहमति सम्झौता गर्न नसकिने चेतावनी दिनुभयो ।
असार २२ गते देखि सुरु भएको केन्द्रीय समितिको बैठक बीचमा रोकिँदै चल्दै आएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।