हामीसँग जोडिनुहोस

भक्तपुर गथामुग (घण्टाकर्ण) पर्व मनाइयो

2 मिनेट

भक्तपुर । प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने घण्टाकर्ण पर्व भक्तपुरमा फरक ढंगबाट मनाइएको छ । घण्टाकर्ण पर्वलाई गथामुगः पनि भनिन्छ । आज उपत्यकाका नेवार समुदायले राक्षसको पुत्ला बनाई यसलाई टोल भन्दा केही पर दोबाटोमा लगेर जलाउने परम्परा हरेको छ । मानवता विरोधी राक्षसबाट मुक्ति पाएको सम्झनामा आजको दिन बिहानै स्नान गरी घरलाई सफासुग्घर पारेर हरियो

नर्कट, निगालो र गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षस बनाई दोबाटो चौबाटोमा उभ्याइन्छ ।

साँझ राँको बालेर भूत भगाइन्छ र पुत्लाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पु¥याइन्छ । समाजमा बच्चा मारेर खाने राक्षसको अन्त्य गरि सोहि राक्षसलाई दोवाटोमा लगि आजकै दिन साँझमा जलाउने गरिन्छ ।
अश्लिल गाली र गीत गाउँदै मनोरञ्जन गरेर घण्टाकर्ण राक्षसलाई जलाइन्छ । यसरी परम्परादेखि नै अश्लिल शब्दहरुको प्रयोग गर्ने छुट रहेको किंवदन्ती पाउन सकिन्छ ।
परापूर्व कालमा दोबाटो चौबाटोमा बसेर जे पायो त्यही खाने र बाटो हिँड्ने मानिससित पैसा उठाई दुःख दिने घण्टाकर्ण गठामङ्गल नाम गरेको राक्षस मारिएको दिन सम्झेर यो पर्व मनाइन्छ । आजैबाट वस्तीमा लामखुट्टे आउन समेत कम हुने जनविश्वास रहेको छ ।
गाथामग नर्कट र छ्वालीबाट बनाईएको हुन्छ र यसलाई बिभिन्न डरलाग्दो तरिकाले सजावट गरिएको हुन्छ त्यती मात्र होईन गथामुगको उत्तेजक लिंगको प्रदर्शनले राक्षसको उपमा दिइएता पनि गथामुग भैरवको एक अंग भएको सामाजिक मान्यता पनि रहिआएको छ ।
माना रोपी मुरी फलाउने समय असारमा किसानहरुको खेतवारीको काम सकाएर आराम गर्ने समय भएकोले आज देखि नेवार समुदायमा जात्रा पर्व शुरु हुने हुनाले बाजागाजा सहित यो जात्रा भब्यताका साथ मनाइन्छ । भगस्थी भलभल अस्तमीको दिन भक्तपुरमा जिवित देवताहरुको रुपमा मान्दै आएका नवदुर्गा गणको अन्त्य हुने परम्परा छ । सो दिन देखि आज सम्म भक्तपुरमा नवदुर्गा गण नहुने र आजको दिन देखि नवदुर्गागणको पुणर्जन्मको रुपमा महादेवको उत्पती गर्ने चलन छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।