हामीसँग जोडिनुहोस

नायिका करिश्माले सुरेन्द्र केसीप्रति पाेखिन फेसबुकमा यस्ताे गुनासाे

2 मिनेट

नायिका करिश्मा मानन्धरले विश्लेषक सुरेन्द्र केसीको अभिव्यक्तिलाई इंगीत गर्दै
सामाजिक सञ्जालमा दुखेसो पोखेका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लामो पोष्ट गदै करिश्माले यस्तो लेखिन

डा. सुरेन्द्र के.सी विश्लेषक, बोलिरहनुहुन्छ , तर कहिलेकाही के बोल्नु हुन्छ के, त्यो वहाँको बोलाइको आधारमा वहाँको व्यक्तित्व आन्दाज गर्न मुस्किल जस्तो ।
हालै एउटा अन्तरवार्तामा वहाँले भन्नुभएको रहेछ कि, सिनेमाका व्यक्तिहरुले आफ्नो व्यबहार र आचरणका कारण आफुलाइ निम्न स्तरमा पारेका छन् र उदाहरण दिदा मेरो श्रीमान बिनोद जी को नाम लिनुभएको रहेछ ।
पोखरामा बिनोद जी ले वहाँलाई देखेपछि आफै गएर भेट्नु भयो रे । अनि म करिश्माको श्रीमान भन्नू भयो रे, तेस्ले बिनोद जी ले आफ्नो इज्जत घटाउनु भयो रे । वहाँले म बिनोद मानन्धर भनेर किन नचिनाएको रे । एस्ता त छन्, अनि के इज्जत हुनु रे । बिनोद मानन्धर, ईश्वर मानन्धरको इतिहास हेर्नुस् अलिकति । यदि करिश्मा के.सी ले आफ्नो जात बद्लेर करिश्मा मानन्धर गर्न सक्छ भने बिनोद जी ले म करिश्मा मानन्धरको श्रीमान भन्दा के बेइज्जत भयो ?
वहाँजस्तो व्यक्तित्वबाट मैले यो आसा गरेको थिइन् ।
जबकी, जब बिनोद जी पोखराबाट फर्किनु भयो कस्तो उत्साहित भएर भन्दै हुनुहुन्थ्यो । मैले पोखरामा डा. सुरेन्द्र केसीलाई भेटेनी ? म आफै बोल्न गए बिनोद जीले सुरेन्द्र केसीको सबै अन्तरवार्ता फलो गर्नुहुन्छ र वहाँको भनाइ मनपराउनु हुन्छ । बिनोद जी ले आफ्नो परिचय दिदा करिश्माको श्रीमान भनेकोले बिनोद जी कसरी इज्जत बिहिन हुनुभयो डा.केसी ?

जो मानिस आफू राजा जस्तो बनेर हिड्न चाहन्छ नि, उस्ले आफनो श्रीमतीलाई रानी सरहको व्यबहार गर्छ । अनि जो मानिस तपाईंको आगाडी सम्मानका साथ झुकेर बोल्न आउँछ नि त्यो उस्को कमजोरी होइन त्यो उस्को बडप्पन हुन्छ । त्यसबेला तपाई, बिनोद र मेरी छोरी कविताको युटुब कुराकानी जब मेरो छोरीले सेयर गरन ममि भन्दा मैले गरिन, त्यो कुरामा कबु म संग रिसाएको थियो । त्यो तपाईं प्रती उस्को सम्मान थियो बुझ्नुभयो ? तर त्यो कुराकानीमा मेरो परिवारको साधारणपन देखेर तपाईंको अनुहारको बेवास्ता मैले पढेकोले त्यो सेयर गरिन् । आफ्नो ज्ञानलाई दम्भ होइन, हजारौं नबलेका दियो बाल्ने ज्योती बनाउनुस ।
बिनोद मानन्धर तपाईंको तुलनामा कुनै कुरामा कम छैन । सबैभन्दा ठुलो कुरा उहाँमा मानवता छ र उहाँले तपाईंले जस्तो अरुको नचाहने जजमेन्ट गरेर अरुको बारे गलत व्याख्या गर्नुहुन्न । अब आइन्दा बोल्दा विचार गर्नुहोला । सबैले सहदैनन, हामीले तपाईंको केही खाएको छैन ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।