हामीसँग जोडिनुहोस

झुण्डीएको अवस्थामा २ मृत फेला

0 मिनेट

भक्तपुर श्रावण १४ । जिल्ला भक्तपुर स्थित मध्यपुर ठिमी न.पा. ८ बोडे प्राईम स्कुल नजिकै रुद्र सिलवालको साढे २ तले घरको दोस्रो तलाको कोठामा डेरा गरी बस्ने जिल्ला रामेछाप बेथान गा.पा. घर भई हाल  बोडे बस्ने बर्ष १८ की मंगली घिसिङ र जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा. ३ धारपा घर भई हाल  बोडे बस्ने बर्ष १९ को जिवन तामाङले झ्यालको ग्रिलमा सलको पासो लगाई मृत अवस्थामा फेला परेका छन् ।
लाशलाई पोष्टमार्टमका लागी त्रि.बि. शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौ पठाईएको महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरले जानकारी दिएको छ । घटनाको बारेमा थप अनुसन्धान कार्य भईरहेको ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।