हामीसँग जोडिनुहोस

कोभिड महामारीले महिलालाई बढी असर गरेको छ : महिला मन्त्री रेग्मी

1 मिनेट

काठमाडौं, २४ फागुन ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिलाको सारभूत समानता सहितको लैङ्गिक समानतामूलक राष्ट्र निर्माणको यात्रामा अघि बढ्नुपर्ने बताउनुभएको छ । ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा शुभकामना वक्तव्य जारी गर्दै मन्त्री रेग्मीले विगतभन्दा राजनीतिक, आर्थिक एवम् सामाजिक क्षेत्रमा महिलाको प्रतिनिधित्व वृद्धि भएपनि समग्ररुपमा अझैपनि लैङ्गिक समानतामुलक राष्ट्र बनिनसकेको बताउनुभएको छ । ‘महिलाहरूको प्रतिनिधित्व राजनैतिक, आर्थिक एवम् सामाजिक क्षेत्रमा क्रमशः वृद्धि भएको छ, मातृ मृत्युदरमा उल्लेखनीय सुधार, महिलाको कूल साक्षरता दरमा वृद्धि तथा आर्थिक सशक्तीकरणका सूचकहरूमा सकारात्मक परिवर्तन भइरहेको मन्त्री रेग्मीले बताउनुभएको छ । उहाँले महिलाहरूको जीवन सुरक्षा र सम्मानका लागि आर्थिक उपार्जनमूलक कार्यमा लगाउन आवश्यक रहेको बताउनुभएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।