
काठमाडौं, २९ फागुन ।
प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते बुधबार बस्ने भएको छ । एमालेको अवरोधबीच आज सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले ुसार्वजनिक लेखा समितिको २१औं वार्षिक प्रतिवेदन,२०७८ु पेस गर्नुभएको थिए ।
यस्तै, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरविरुद्धको महाअभियोग प्रस्ताव पनि आजको संसद्मा पेस भएको छ । उक्त प्रस्तावमाथिको छलफल बुधबार दिउँसो १ बजे बस्ने बैठकमा छलफल हुने सभामुख अग्निप्रसाद सापकोटाले बताउनुभएको छ ।