हामीसँग जोडिनुहोस

एक घण्टा ढिलागरी बागमती प्रदेशसभा बैठक सुरु

1 मिनेट

काठमाडौं, २९ फागुन ।
बागमती प्रदेशसभाको बैठक निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी सुरु भएको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक दलहरु बीच कार्यसूचीमा सहमती नजुट्दा निर्धारित समयमा ढिला गरी सुरु भएको हो । विहान ११ बजेदेखि बसेको प्रदेशसभाको कार्यव्यवस्था समितिको बैठकमा कार्यसूचीको विषयमा सहमती नजुट्दा ढिला हुन गएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
बैठक संचालनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि सहमती जनाएपछि प्रदेशसभाको आज बस्ने बैठकको कार्यसूचीमा तय भएको छ । एमालेले यसअघिका बैठकहरूमा अवरोध गर्दै आएको थियो । एमालेले गत पुस ८ गतेदेखि विभिन्न माग राख्दै सदन अवरुद्ध पार्दै आएको थियो आजको बैठकमा प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले विषेश समय माग गरेर एमालेले उठाएका विषयमा जवाफ दिने भएपछि एमाले सदन संचालनको लागि तयार भएको हो ।
एमालेले उठाएका विषयमा मुख्यमन्त्री पाण्डेको जवाफ उचित लागेमा मात्र सदन चल्न दिने एमाले स्रोतले बताएको छ । मुख्यमन्त्रीको जवाफ उचित नलागे आजपनि बैठकमा अवरोध गर्ने योजना रहेको एमालेका एक सांसदले बताए ।
बागमती प्रदेशसभामा आज एकैदिन ३ वटा बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । आज बस्ने बैठकमा सरकारका तर्फबाट सचिवालयमा दर्ता भएको विभिन्न क्षेत्रका ३ वटा नयाँ विद्येयक पेश हुनेछ भने १ वटा विद्येयक समितिमा छलफलका लागि पठाउने कार्यसूची रहेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।