
काठमाडौं, ३० फागुन ।
भक्तपुर । सूर्यविनायक नगरपालिका–५ को गडेधारा टोलमा नेपाल कम्युनिष्ट पार्टी(एमाले)को टोल कमिटी गठन भएको छ । नगरपालिका वडा नं.५ को गडेधारा टोलमा एक भब्य कार्यक्रमका बीच राजेन्द्र उप्रेतीको अध्यक्षतामा २३ सदस्यीय टोल कमिटी गठन गरिएको हो ।
उक्त कार्यक्रमबाट टोल कमिटी अध्यक्षमा राजेन्द्र उप्रेती, उपाध्यक्षमा चण्डिका पोखरेल, सचिवमा तारा सापकोटा, उपसचिवमा सीताकार्की, कोषाध्यक्षमा फत्तेबहादुर पौडेल निर्वाचित हुनुभएको छ । यस्तै सदस्यहरुमा अप्सरा घिमिरे, पुण्य प्रसाद पोखरेल, विद्या रेग्मि, भगवति खड्का, सुर्य प्रसाद कापm्ले, बिमला नेपाल, तुलसा दुवाल, अर्जुन खत्री, लक्ष्मी घिमिरे, दिप्सन बुढाथोकी, निर्मला पैदाला, अनिता कोइराला, कला थापा, कविता खतिवडा, सरस्वती न्यौपाने, सरिता पोखरेल, शुसिला पराजुली निर्वाचित हुनुभएको छ ।
कार्यक्रममा सुर्यविनायक नगरप्रमुख एवं नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष बासुदेव थापाले नवनिर्वाचित सदस्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै टोलमा भई पर्ने समस्याहरुलाई नगरपालिका र नगरबासीहरु एक जुट भएर समाधान गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले अबको निर्वाचनका लागि विभिन्न राजनीतिकदलका व्यक्तिहरु घरदैलोमा आउँदा स्थानीय तहका सरकार, प्रदेश सरकार, जनप्रतिनिधिहरुमा विभिन्न लाल्छन् लगाउँछन् तर तपाईंहरुले पार्टीगत रुपले होइन कि काम र विकासको मूल्यांकनले रोज्न नगरबासीलाई अनुरोध गर्नुभयो । उहाँले सूर्यविनायक नगरपालिकाले अब चाँडै नै स्थानीय सरकारले ५ वर्षमा के–कति बजेट कहाँबाट ल्याएको र कहाँ कहाँ त्यो बजेट बिनियोजन भएको बिवरणसहित पुस्तक प्रकाशन गर्ने भएको जानकारी दिनुभयो र साथै उहाँले टोलको बाटोमा जहाँ जहाँ बत्ती छैनन् त्यहाँको निमित्त बत्ती व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा सुर्यविनायक नगरपालिका वडा नं.५का वडा अध्यक्ष एंव नेकपा एमाले जिल्ला कमिटी सदस्य राजकुमार जोशीले स्थानीय सरकारले जे–जति विकास गर्न सफल भएको छ नगरबासीहरुको साथ र सहयोगले गर्दा भएकोमा हर्ष व्यक्त गर्नुभएको छ । उहाँ वडा नं. ५मा आइपरेका समस्याहरु समाधान गर्दै गर्दा खानेपानीको समस्या अझै पनि समाधान गर्न लागि परेको बताउनुभयो । उहाँले खानेपानी समस्या समाधानको निमित्त १ करोड १३ लाख ३३ हजार रुपैयाँ वडा नं. ५को पहलमा नगरपालिकाले कटुञ्जे घट्टेखोलालाई छुटाएको जानकारी दिनुभयो । उहाँले ५३ लाख ३३ हजार बोरिङ्गको निमित्त, पाइपलाइनको लागि १० लाख रहेको र ०७४ सालमा नै पनि १० लाख ५० हजार खानेपानीको पाइपलाइन सुरु गर्न वडाको बजेटबाट पाइपलाइन खरिद गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा कटुञ्जे घट्टेखोला जलस्रोतका कोषाध्यक्ष कमल तिम्ल्सिनाले कमिटीका सदस्यहरुलाई बधाई दिँदै टोल सुधारका निमित्त यो टोल कमिटी गठन जरुरी भएको जानकारी दिनुभयो । उहाँले टोलमा आइपरेका समस्या र विशेषगरी नगरबासीले खानेपानीको निमित्त भोग्नुपरेको समस्यालाई मध्यनजर गर्दै आगामी दिनहरुमा सेवासुविधामा कुनै पनि समस्या नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला कमिटी सदस्य अनिता पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्दै टोलमा भएका सुधार र कमिकमजोरीका बारेमा चर्चा गर्नुभयो । उहाँले स्थानीय सरकारले टोल सुधारका लागि दिनुभएको साथ र सहयोगलाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा नवनिर्वाचित कमिटीका सदस्यहरुलाई सुर्यविनायक नगरपालिका वडा नं.५ वडा कमिटी अध्यक्ष मधु थापाले एमाले गडेधारा टोलकमिटीमा स्वागत गर्दै सफलकार्यकालको शुभकामना समेत व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्यहरु, जिल्ला समन्यव समिति सदस्य एंव सुर्यविनायक नगर कमिटीका उपसचिव कमला पोखरेल,जिल्ला समन्यव समिति सदस्य एंव सुर्यविनायक नगर कमिटीका सदस्य गिता बिसुन्केका साथै सुर्यविनायक नगरकमिटीका सदस्य बासुदेव पोखरेल र वडा न. ५ वडा कमिटी सचिव इन्दिरा उपाध्यायलगायतको उपस्थिति रहेको थियो ।