
काठमाडौं, ३० फागुन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलबीचको तालमेललाई प्राथमिकता दिएर आगामी निर्वाचनमा जाने पार्टीको सोच रहेको बताउनुभएको छ । आज बिहान धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले आफुहरुको पहिलो जोड आफ्नै तागतले निर्वाचन जित्ने गरी जानुपर्छ भन्नेमा भएको पनि बताउनुभयो । प्रधानमन्त्रीले गठबन्धनलाई असर पार्ने कुरा नबोल्न भनेर केही दिन अघि आफ्नै दलका नेतालाई निर्देशन गर्नुभएको स्मरण गराउँदै अध्यक्ष दाहालले गठबन्धन दलका शीर्ष नेतृत्व गठबन्धनलाई अगाडि लिएर जाने कुरामा द्धिवीधामा नहरेको बताउनुभयो । अर्को प्रसङ्गमा अध्यक्ष दाहालले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसलाई पनि सहभागी गराउने विषयमा छलफल भएको बताउनुभयो । पार्टीको प्रशिक्षण कार्यक्रमका लागि उहाँ आज धनगढी पुग्नुभएको हो ।

Related

अन्य समाचार
वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन
एउटै मञ्चमा सांगीतिक प्रस्तुती दिदै चर्चित गायकद्धय प्रमोद खरेल र दुर्गेश थापा
भक्तपुरमा जारी महोत्सवले उल्लेखनीय सफलता हासिल गरेको छ। सल्लाघारी मा सञ्चालन भइरहेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/०८३’मा हालसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भएको छ भने ५० लाख रुपैयाँभन्दा बढीको कारोबार






