हामीसँग जोडिनुहोस

स्थानीय तहको निर्वाचनको उम्मेदवार सिफारिस तथा निर्णयको मापदण्ड निर्धारण गर्दै एमाले सचिवालय बैठक सम्पन्न

1 मिनेट

भक्तपुर, १ चैत : स्थानीय निर्वाचनकोबारेमा केन्द्रित रहेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको एमाले सचिवालय बैठक सम्पन्न भएको छ ।

बैठकले स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिसका लागि मापदण्ड पारित गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बैठक पछि जानकारी दिनु भयो । आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले वडाध्यक्ष र सदस्यहरुको उम्मेदवारको सिफारिस वडा कमिटीबाट गर्ने र जिल्ला कमिटीले टिकट टिकटको निर्णय गर्ने विधि तय गरेको छ ।

त्यस्तै गाउँपालिका अध्यक्ष र उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुखको सिफारिस जिल्ला कमिटीले गर्ने तथा निर्णय प्रदेश कमिटीले गर्ने गरि मापदण्ड तय गरेको उहाँले जानकारी दिनु भयो ।

बैठकले महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखको टिकटका लागि जिल्ला र प्रदेश कमिटीले सिफारिस गर्ने र टिकटको निर्णय पार्टी केन्द्रले गर्ने आजको बैठकले निर्णय गरेको उहाँले जानकारी दिनु भयो ।

केन्द्रीय कमिटी बैठकले राजनीतिक प्रतिवेदनसहित दिशा निर्देशन गर्ने भएको छ । आगामी चुनावी रणनीति बनाउन एमाले चैत ७ गते पोलिटव्यूरो तथा चैत ९ र १० गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यस्तै चैत १३ गते स्थायी कमिटी बैठक बस्ने गुरुङले जानकारी दिनु भयो । बैठकलृ निर्वाचनका लागि घोषणा पत्र निर्माण गर्ने निर्णय गरेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।